[अपडेट] आँधीखोलामा पौडी खेल्दा डुबेका गल्याङका बालकको मृत्यु

[अपडेट] आँधीखोलामा पौडी खेल्दा डुबेका गल्याङका बालकको मृत्यु

उद्दारपछि उपचारका क्रममा मृत्यु

swim paudi dubera mrityu balak

प्रतिकात्मक तस्वीर

आँधीखोलामा पौडी खेल्दा स्याङ्जा गल्याङका एक बालकको मृत्यु भएको छ ।

मंगलबार बिहान गल्याङ नगरपालिका -२ गराङ्दीका १४ वर्षीय युनिक राना आफ्ना साथीहरू सहित पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएको खबरपछि प्रहरी तत्कालै गएपनि करिब दुई घण्टाको खोजतलास पछि उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले उद्दार पश्चात् रानालाई गल्याङको सामुदायिक अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ