कपिलवस्तुमा करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट

कपिलवस्तुमा करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट

gahu-aglagi

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका –२ भैंसकुण्डा भन्ने स्थानमा गहुँ खेतमा आगलागी भएको छ । आगोमा जलेर करिब ३ बिघा खेतको गहुँ नष्ट भएको छ ।

बुधबार मध्याह्न कम्बाइन मेसिनको सहायताले गहुँ काट्ने बेला खेतमा आगो सल्किएको थियो । आगो अनियन्त्रित भएपछि गहुँ काट्ने मेसिन पनि पूर्णरुपमा जलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पाँच जना किसानको करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट भएको हो ।

बुधबार मध्याह्न १२ बजेर १५ मिनेटमा प्रहरी टोली आगो निभाउन खेतमा खटिएको र स्थानीयको सहयोगमा १२ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिएको थियो । आगो निभाउन दमकलको समेत प्रयोग गरिएको थियो । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

भित्राउन ठिक्क भएको गहुँ खेतमै जलेर नष्ट भएपछि किसानहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ