पोखरा वडा नं. २४, कास्कीकोटमा एक महिने ध्यान शिविर साधना कार्यक्रम जारी छ ।
गत फागुन २० गतेदेखि कास्कीकोटको धार्मिक एवं पर्यटकिय महत्व अभिवृद्घि गर्ने उद्देश्यका साथ विश्वशान्ति ध्यान केन्द्र शंखु धुलिखेल र पेमाझाङ स्पिरिचुअल स्कुल काभ्रेको संयुक्त आयोजनामा साधना कार्यक्रम भइरहेको छ ।
कश्यप तपोभूमी थामाकोगरामा ध्यानगुरूद्वय परमहंस स्वामी कल्याणमित्र र पेमाझाङद्वारा साधना भइरहेको हो ।
यसैबीच ध्यान शिविर तथा साधनामा रहेका गुरुहरु परमहंस स्वामी कल्याणमित्र र पेमाझाङलाई हाम्रो कास्कीकोट युवा संजालले बुधवार एक कार्यक्रम गरी सम्मान अर्पण गरेको छ । उक्त अवसरमा ध्यान गुरुहरुबाट उपस्थित सबैले रुद्राभिषेक तथा आशिर्वचन ग्रहण गरेका थिए ।
तपस्वी गुरु परमहंस स्वामी कल्याणमित्रले कश्यप तपोभूमि नेपालकै सुन्दर र शान्त ठाउँमा रहेको हुनाले ध्यान गरी ज्ञान प्राप्त गर्न सकिने तथा सो ठाउँको प्रवर्द्धन गर्न आफू सधै आउने वाचा गरे ।
साथै, अर्का तपस्वी पेमाझाङले यो ठाउँको शक्तिले गर्दा आफु १३ दिनदेखि निराहार तपस्या गरेको’ कुरा सुनाए ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व वडा नम्बर २४ का अध्यक्ष भरत बहादुर अधिकारीले कास्कीकोटको ऐतिहासिक पृष्ठभूमिलाई बर्तमानमा चरितार्थ पारी कश्यप तपोभुमिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान तपस्वी गुरुहरुले दिएकोमा धन्यवाद ज्ञापन गरे ।
पूर्व वडा अध्यक्ष ओम सुवेदीले संजालका गतिविधिको मुक्तकण्ठले प्रशंसा गर्दै कश्यप तपोभूमि सँगै छिट्टै बन्न लागेको नेपाल वृन्दावन धामले कास्कीकोटको मुहार फेर्ने कुरामा जोड दिए ।
कार्यक्रममा सञ्जालका सल्लाहकार रामप्रसाद शर्मा, पूर्व संयोजक हेम सुवेदी, गुप्तकालिका धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठी, कश्यप तपोभूमि क्षेत्र समितिका अध्यक्ष आनन्द प्रसाद अधिकारीले कश्यप तपोभुमि र संजालका गतिविधि बारेमा बेलेका थिए ।
सञ्जालका संयोजक विशाल तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन व्यवस्थापन संयोजक तीर्थराज अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित