तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव शुक्रबारदेखि तल्लो गल्याङ स्थित खेलमैदानमा शुरु भएको छ ।
`गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पुर्वाधार´ भन्ने मुल नारा सहित गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले गरेका हुन् ।
स्थानीय तथा स्वदेशी कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन एवं संस्कृतिको जगेर्ना गर्न, कृषिको व्यवसायीकरण गर्ने उद्देश्यका साथ आयोजित मेलाको बाजागाजा तथा विभिन्न सांस्कृतिक प्रदर्शन सहित शुक्रबार भव्यताका साथ समुद्घाटन गरिएको हो ।
वैशाख ९ गतेसम्म सञ्चालन हुने महोत्सवको समुद्घाटन पूर्व मन्त्री धनराज गुरुङले गरेका हुन् । महोत्सवको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री गुरुङले यस्ता मेला महोत्सवले जिल्लाको पहिचान बढाउने हुँदा जिल्लाका कृषि, पर्यटन, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने साथै संस्कृतिको जगेर्ना गर्दै आन्तरिक बजार सवलीकरणमा सहयोग पुग्ने बताए । उनले स्थानीय हस्तकला तथा कृषि उत्पादनलाई प्राथमिकता दिँदै जिल्लामा उत्पादित सुन्तला, कफि, अदुवा, आलु लगायतका उत्पादनलाई बजारीकरण गरी आयआर्जनको स्रोत बनाउन जोड दिए ।
त्यस्तै, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठले धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिले प्रचूर संभावना भएका स्थलहरुको प्रचारप्रसार गर्ने, मौलिकरुपमा रहेका कला संस्कृतिहरुको संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने गरि यस्ता मेला महोत्सवको आयोजना गरि निरंतरता दिने बताए ।
करिब एक हप्तासम्म संचालन हुने उक्त महोत्सवमा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, गल्याङ डान्स आइडल प्रतियोगिता, खुला रत्यौली प्रतियोगिता, जिल्ला स्तरीय भलिबल प्रतियोगिता लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रतियोगिता हुने बताइएको छ ।
महोत्सवमा राखिएका करिब १५० स्टलहरुबाट दैनिक जिवनमा उपयोग हुने अत्यावश्यक सामाग्रीहरुको किनबेच हुने तथा बाल उद्यानमा मनोरञ्जन गर्ने, हस्तकलाहरु एवं विभिन्न किसिमका प्रदर्शनीहरु हुने बताइएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्