डोल्पा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

ago

डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन जना बालबालिकाको मृत्यु भएको छ ।

गत बिहीबार आगलागीमा परेर गम्भिर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज मृत्यु भएको हो ।

आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए।

त्रिपुरासुन्दरीले घाइते दुई बालबालिकालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं पठाइएको थियो।

यसअघि डोल्पामै गत मंगलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको ज्यान गएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ