[अपडेट] पोखरामा सहचालकले चलाएको बस दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु

[अपडेट] पोखरामा सहचालकले चलाएको बस दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु

suikhet bus

पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ सुइँखेतमा बस दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दीको मालिका गाउँपालिका वडा नं १ दरवाङका ७२ वर्षीय नरबहादुर पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पुनको गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा आज साँझ ६ः३० बजे चिकित्सकले मृत घोषणा गरेको हो ।

गत चैत २९ गते २७ जना यात्रु बोकेर काठमाडौंबाट पोखरा हुँदै म्याग्दी जाँदै गरेको ग२ख १६३० नं.को बस राति २ः५० बजे अनियन्त्रित भई सुईखेतमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा आठ जना यात्रु घाइते भएकामा सात जना डिस्चार्ज भइसकेका छन् ।

बस सहचालक म्याग्दीको बेनी ४ तातोपानीका २५ बर्षीय बिनोद दर्जीले चलाएको पाइएकोले उनलाई प्रहरी नियन्त्रणमा राखिएको छ भने चालक बेनी ६ का बर्ष ३२ का राजकुमार गैरे पनि प्रहरी नियन्त्रणमै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ