दरौँमा सिमलचौरलाई हराउँदै ओरस्टे फाइनल प्रवेश

दरौँमा सिमलचौरलाई हराउँदै ओरस्टे फाइनल प्रवेश

Oraste Volleyball

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-६ दरौँ बजारमारा स्थित खेलमैदानमा बजारमारा युवा परिवारले आयोजना गरेको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा रिठ्ठा झाक्री युवा क्लब सिमलचौरलाई हराउँदै मिलन युवा क्लब ओरस्टे फाइनलमा प्रवेश गरेको छ ।

मिलन युवा क्लबले रिठ्ठा झाक्री युवा क्लबलाई ३-० को सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेको हो । मिलन क्लबले रिठ्ठा झाक्रीलाई २५-२०, २५-१९ र २५-१३ अंकले पराजित गरेको हो ।

यस्तै, आयोजक बजारमारा युवा क्लब `ए´ले सोझो सेटमा आयोजक `बि´लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेताले नगद ४५ हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार र सान्त्वनाले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्ल्बका अध्यक्ष अरुण गुरुङले बताए ।

बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डर गरि विभिन्न पाँच विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

नयाँ वर्ष २०८१ को अवसरमा आयोजित चैत्र २४ गतेबाट सुरु भएको भलिबल प्रतियोगितामा १६ टिमको सहभागी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ