पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रष्ट भवन एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं ३३ कार्यलयबाट भुलभुला देवी मन्दिर संरक्षण समितिलाई ट्रष्ट निर्माणका लागि विनियोजित आठ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।
भवनको भुलभुला देवी मेलाका अवसरमा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।
नवनिर्मित ट्रष्ट भवन मन्दिरको नियमित पूजाआजाका साथै विभिन्न धार्मिक अनुष्ठानमा बहुउपयोगी बन्ने विश्वास लिइएको वडा अध्यक्ष अधिकारीले बताए ।
ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा प्राचीन कालदेखि पूजाआजा गरिदै आईएको भुलभुला बाराही मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न वडा कार्यालयले विभिन्न पूर्वाधार विकासका कामलाई जोड दिंदै आएको छ । वडा कार्यालयले मन्दिर नजिकै रहेको डुँडेको रहलाई पर्यटकीय रुपमा विकास गर्न समेत त्यहाँको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।
नमुुना युवा क्लब पुडिटारको आयोजनामा भुलभुला देवी मेलाको अवसर पारी यही चैत २७ गतेदेखि बैशाख १ गतेसम्म दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति रहेको मेलामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश नेपालका अनुशासन विभाग प्रमुख रामप्रसाद ढकालले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो