भुलभुला देवी मेलाको अवसर पारी ट्रष्ट भवन उद्घाटन

भुलभुला देवी मेलाको अवसर पारी ट्रष्ट भवन उद्घाटन

bhulbhula devi

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रष्ट भवन एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ कार्यलयबाट भुलभुला देवी मन्दिर संरक्षण समितिलाई ट्रष्ट निर्माणका लागि विनियोजित आठ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।

भवनको भुलभुला देवी मेलाका अवसरमा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।

नवनिर्मित ट्रष्ट भवन मन्दिरको नियमित पूजाआजाका साथै विभिन्न धार्मिक अनुष्ठानमा बहुउपयोगी बन्ने विश्वास लिइएको वडा अध्यक्ष अधिकारीले बताए ।

ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा प्राचीन कालदेखि पूजाआजा गरिदै आईएको भुलभुला बाराही मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न वडा कार्यालयले विभिन्न पूर्वाधार विकासका कामलाई जोड दिंदै आएको छ । वडा कार्यालयले मन्दिर नजिकै रहेको डुँडेको रहलाई पर्यटकीय रुपमा विकास गर्न समेत त्यहाँको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

नमुुना युवा क्लब पुडिटारको आयोजनामा भुलभुला देवी मेलाको अवसर पारी यही चैत २७ गतेदेखि बैशाख १ गतेसम्म दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति रहेको मेलामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश नेपालका अनुशासन विभाग प्रमुख रामप्रसाद ढकालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ