युआरएलमा वैशाखभर ३० प्रतिशत छुट

नयाँ वर्ष अफर

युआरएलमा वैशाखभर ३० प्रतिशत छुट

url feature

पोखरा । गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर छुट दिने भएको छ ।

युआरएलको प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखामा युआरएलका सबै सेवामा सेवाग्राहीले ३० प्रतिशत छुट पाउने छन् ।

नयाँ वर्षको अवसरमा वैशाख महिनाभर होलबडीसहित सबै प्रकारका रगत जाँचमा छुट दिइएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए । युआरएलका अरु शाखाले ३० प्रतिशत छुटसहित आवश्यकता अनुसार केही रगत जाँच सित्तैमा गर्ने अफरसमेत सार्वजनिक गरेका छन् ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै अग्रणी ल्याब भएकाले सबै क्षेत्रमा नमुना बन्ने गरी काम गरिरहेको जनाए । उनले सर्वसाधारणलाई सुलभ दरमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउँदै प्रदेशलाई नै रक्त जाँचमा आत्मनिर्भर बनाउने गरी लागिपरेको उल्लेख गरे ।

गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त युआरएलले अहिलेसम्म आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी एक सय ६७ वटा स्वास्थ्य शिविर गरिसकेको छ । ती शिविरमार्फत् अहिलेसम्म एक लाख ८० हजारले सित्तैमा सेवा लिइसकेका छन् ।

यसैबीच, घिरिङ पोखरा सम्पर्क मञ्चको आयोजना र युआरएलको प्राविधिक सहयोगमा सोमबार पोखरा–१४, कदम मार्गमा सचेतनासहितको स्वास्थ्य शिविर हुँदै छ । शिविरमा मधुमेह र कोलेस्ट्रोलसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिइनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ