अछाममा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

अछाममा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

aago

अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका– ६ को षोडशामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक आगो सल्केको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ