बाल यौन दुर्व्यवहारको आरोपमा पुतलीबजारका एक पुरुष पक्राउ

बाल यौन दुर्व्यवहारको आरोपमा पुतलीबजारका एक पुरुष पक्राउ

८ वर्षीया नाबालिकालाई डर, त्रासमा पारेर यौन दुर्व्यवहार गरेको आरोप

arrest pic

स्याङ्जा पुतलीबजारका एक पुरुष बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका -३ बाढखोलाका ६२ वर्षीय जीवन जि.टी. रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए ।

गत पौष १४ गते परिवर्तित जिल्ला ४० की ८ वर्षीया परिवर्तित नाम `०८०/०८१ आँधिखोला ९१´ लाई डर, त्रासमा पारी करणी गर्ने आशयले बालयौन दुर्व्यवहार गरेको हुँदा  जाहेरी प्राप्त हुनासाथ चैत्र २९ गते जि.टी.लाई पक्राउ गरिएको निरीक्षक लामाले बताए ।

पक्राउ परेका जि.टी.लाई स्याङ्जा अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ