गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

ago

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका –१ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ