पोखरा महानगरपालिका वडा नम्बर १२ का बासिन्दाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का सबै सेवामा ३० प्रतिशत छुट पाउने भएका छन् । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त रेफरेन्स ल्याब हो ।
छुटसम्बन्धी सम्झौतामा वडाबासीको तर्फबाट वडाध्यक्ष सन्तोष बास्तोला र युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले सोमबार हस्ताक्षर छन् ।
गएको शनिबारदेखि लागू भएको छुट सम्झौता २०८३ चैत मसान्तसम्म लागू हुनेछ । वडाध्यक्ष बास्तोला स्थानीयलाई सहज तवरले प्रयोगशाला सेवा दिन सम्झौता गरिएको बताउँछन् । पछिल्लो जनगणनाअनुसार पोखरा १२ को जनसंख्या १२ हजार ७ सय १० छ ।
‘हामी पोखरा १२ का बासिन्दालाई स्थानीय सरकारको आभास दिने गरी काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘केही दिनअघि ज्येष्ठ नागरिकलाई सित्तैमा स्वास्थ्य सेवा दिन शिविर आयोजना गर्यौँ । यो सम्झौताले सरकारी र निजी अस्पतालमा नहुने र बाहिर गर्नुपर्ने महंगा जाँच र नियमित स्वास्थ्य परीक्षण गरिरहने वडावासीलाई सहज हुनेछ ।’
चाँडै सरकारी स्कुलमा छोराछोरी पढाउने अभिभावकको बिमा वडा कार्यालय नै गरिदिने योजना ल्याउने उनको भनाइ छ । युआरएलले अहिलेसम्म एक सय चार संघ, संस्थासँग छुटसम्बन्धी सम्झौता गरिसकेको छ ।
युआरएल अध्यक्ष पन्तले प्रधान कार्यालयसहित सबै शाखाबाट पोखरा १२ का बासिन्दाले छुट पाउने जनाए । ‘युआरएलको हस्पिटलचोक शाखा पोखरा १२ मै छ । पोखरेलीलाई सहज र सुलभ तवरले अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला सेवा दिन स्थानीय सरकारसँग सहकार्य गरेका हौँ,’ उनले भने ।
युआरएलले आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी एक सय ६७ वटा स्वास्थ्य शिविर आयोजना गरिसकेको छ । यी शिविरमार्फत् अहिलेसम्म एक लाख ८० हजारले सित्तैमा सेवा लिइसकेका छन् ।
युआरएलले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखाका सबै सेवामा ३० प्रतिशत छुट दिइरहेको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार