‘मिस नेपाल २०२४’ को यात्रा सुरु: पोखरामा भोलि ओरियन्टेसन, अडिसन वैशाख ५ गते

‘मिस नेपाल २०२४’ को यात्रा सुरु: पोखरामा भोलि ओरियन्टेसन, अडिसन वैशाख ५ गते

miss nepal

पोखरा । ‘मिस नेपाल २०२४’ को यात्रा सुरु भएको छ । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले क्षेत्रीय ओरियन्टेसन र अडिसन वाटरफ्रन्ट रिसोर्टमा भोलि मंगलबार ३ बजेबाट सुरु हुने जानकारी दिए ।

पत्रकार सम्मेलनमा मिस नेपाल २०२३ श्रीच्छा प्रधान र मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठ पनि सहभागी थिए । हिडन ट्रेजरका प्रमुख राजकर्णिकारले आवेदन खुला भएको जनाउँदै योग्य र इच्छुक युवतीलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे । व्यक्तित्व विकास र सशक्तिकरणको लागि मिस नेपालजस्ता प्लाटफर्मले भूमिका खेल्ने उनले बताए ।

मिस नेपाल श्रीच्छा र मिस नेपाल अर्थ सरिशाले अनुभव सुनाउँदै प्रतिस्पर्धामा आउन युवतीलाई आग्रह गरे। मंगलबार र बुधबार पोखरा अडिसन हुने र छुटेकाले मे १८ मा काठमाडौंमा हुने अडिसनमा सहभागी हुन पाउने हिडन ट्रेजरले जनाएको छ ।

पोखरासंगै २२ अप्रिलमा नेपालगञ्ज, २४ अप्रिलमा सुर्खेत, २८ अप्रिलमा वीरगञ्ज, ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी, १२ मेमा भैरहवा र १८ मेमा काठमाडौंमा अडिसन हुँदैछन् ।

४ मे अर्थात् जेठ १ गतेसम्म इच्छुक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा फिनाले हुने हिडन ट्रेजरले जनाएको छ ।

यस्तै, पोखरा अडिसनलाई पोखरा जेसीजले समन्वय गरेको छ। पोखरा जेसीजका अध्यक्ष देवराज शर्माले सामाजिक क्रियाकलाप अन्तर्गत मिस पोखरालाई निरन्तरता दिने पनि बताए।

भोलिको ओरिन्टेसन र अडिसनलाई भव्य बनाउने गरि कार्य गरेको कार्यक्रम संयोजक श्रीकृष्ण सुनारले जनाए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ