ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

mrita fela

बारा । बारामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमबार राति १०स्४० बजे मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ