काठमाडौं । सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति चोकोफन जोय बजारमा ल्याएको छ । चोकोफन जोय नेपालकै पहिलो स्क्वायर मौल्डेड उत्पादन रहेको सुजलको दाबी छ । जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा उपभोक्तामाझ प्रस्तुत गरिएको छ ।
यसले विदेशी चकलेटको निर्भरतालाई तोडेर नेपालमै अन्तर्राष्ट्रियस्तरको सजिलो, सस्तो र उच्च कोटीको चोकोफन जोय चकलेटको मज्जा लिन सकिने कम्पनीको दाबी छ ।
वर्गाकार आकारमा कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण चोकोफन जोय स्वादिष्ट रहेको र यो मुखमा राख्नासाथ पग्लिन्छ र आनन्द प्रदान गर्छ ।
गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको चोकोफन जोयको डिजाइन आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो जोयको फन्टले चोकोफन जोयको प्याकेजिङलाई बढी उत्कृष्ट र आकर्षक देखाएको छ । प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षक ढङ्गमा देखाइएको छ।
चोकोफन जोय जार र बक्स दुबैमा उपलब्ध छ । दुबैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखाइएको छ । जारभित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ । चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्धछ जुन आकर्षक छ र यसले उत्पादनलाई सुन्दर र प्रिमियम बनाएको छ । यसको कार्टुन बक्स पनि चम्किलो बैजनी रंगमा उपलब्ध छ । चोकोफन जोयमात्र १० रुपैयाँको अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथ फुल साइजमा बजारमा उपलब्ध छ।
चोकोफन जोयको उत्पादन संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रविधिको प्रयोग गरी अटोमटिक मसिनरीबाट अति स्वस्थकर वातावरणमा गरिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चापदार्थ प्रयोग गरिएको चोकोफन जोयको गुणस्तर तथा स्वादमा एकरुपता हुन्छ ।
सुजलले विगत ५० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ । कम्पनीको लोकप्रिय ब्रान्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेशो, क्याण्डीम्यान र फ्रेसडेन्ट आदि पर्छन् जसले लाखौं उपभोक्ताको वर्षौंदेखि मन जित्न सफल रहेको छ ।
त्यसैगरी चोकोफन जोयको अनुपम स्वाद र मिठासले उपभोक्ताहरुको मन जित्न सफल रही बालबालिका तथा युवाहरुको जीवनको अभिन्न अंग भै धेरै रमाइलो र खुसी प्रदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ