गजलकार प्रकट पंगेनी भेन्टिलेटरमा, उपचारका लागि आर्थिक सहयोगको अपील

गजलकार प्रकट पंगेनी भेन्टिलेटरमा, उपचारका लागि आर्थिक सहयोगको अपील

जन्डिस, निमोनिया, मुत्र थैली फुटेर समस्या हुँदा अवस्था गम्भीर

prakat pageni shiva

पोखरा । चर्चित गजलकार प्रकट पंगेनी गम्भीर बिरामी भएर हस्पिटल भर्ना भएका छन् । सोमबार स्वास्थ्यमा आएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको छ ।

भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको उनका परिवारले जनाएका छन् । ७० वर्षीय गजलकार प्रकटको अवस्था गम्भिर रहेको तथा जन्डिस, निमोनिया, मुत्र थैली फुटेर समस्या भएको बताइन्छ ।

प्रकटको उपचारमा आर्थिक अभाव भएको छ । पाेखरेली युवा साँस्कृतिक परिवारले पंगेनीकाे उपचारकाे लागि सहयाेग अपिल गरेकाे छ ।

परिवारका अध्यक्ष उपेन्द्र पाैडेलले सामाजिक सञ्जालमा एउटा अपील पोष्ट गर्दै सहयोगको याचना गरेका छन् । उनको उपचारका लागि सहयोग जुटाउन कोष स्थापना गरिएकाे छ ।

एनएमबी बैंकमा खोलिएको सो कोषमा पाेखरेली युुवा साँस्कृतिक परिवारले २५ हजार रुपैया जम्मा गरेको उल्लेख गर्दै पाैडेलले सहयोगी मनहरुलाई स्वेच्छिक आर्थिक सहयाेगका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ