पोखरा । स्याङ्जाको आँधीखोला वडा नं. २ ओहियामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट डेढ सय बढी लाभान्वित भएका छन् ।
स्थानीय प्रगतिशील युवा क्लबको आयोजनामा सोमबार भएको शिविरमा सम्पूर्ण चिकित्सकीय सुविधा र औषधिको प्राविधिक सहयोग पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलले गरेको थियो ।
चरकले यसअघि दर्जनौँ स्थानमा आयोजित स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरिसकेको छ । गण्डकी प्रदेश अन्तर्गत कास्कीसँगै गोरखा, म्याग्दी, बागलुङ लगायतका स्थानमा पनि पूर्ण निःशुल्क सेवा सहितको प्राविधिक सहयोग गरिसकेको प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।
ओहियामा सञ्चालित शिविरमा २०० बढीको स्वास्थ्य जाँच गरिएको पिआरओ सोबित सुवेदीले जानकारी दिए ।

वृहत शिविरमा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी, पाठेघरको भिडियो एक्सरे, पाठेघर तथा स्तन क्यान्सर सहित स्त्री रोग सेवा, जनरल फिजिसियन, यूएसजी सेवा प्रदान गरिएको थियो ।
चरक हस्पिटलका चिकित्सकहरु डा. सन्देशप्रकाश पराजुली (फिजिसियन), डा. प्रिया गुरूङ (स्त्रीरोग विशेषज्ञ), डा. कृष्ण तिमिल्सिना (यूएसजी) ले शिविरमा जाँच गरेका थिए ।

युवा क्लबको आयोजनामा ओहियामा भएको आठौं आँधीखोला ओहिया कप टोल स्तरीय भलिबल प्रतियोगिता तीन दिनसम्म भएको थियो । सोहि अवसरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरबाट रेफर गरिएका बिरामीलाई आगामी उपचारमा चरकले सहुलियत प्रदान गर्ने भएको छ ।

सम्बन्धित समाचारः
चरकको सहयोगमा धम्पुसमा निःशुल्क स्वास्थ्य शिविर
माछापुच्छ्रेमा चरकको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट ३६७ जना लाभान्वित
चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर
चरक अस्पतालको सहयोगमा म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर
६५० जना लाभान्वित
चरकको प्राविधिक सहयोगमा गाेरखामा निःशुल्क स्वास्थ्य शिविर
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो