पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले गृहमन्त्री रवी लामिछानेको राजीनामा माग गर्दै पोखरामा राँके जुलुस प्रदर्शन गरेको छ ।
राप्रपा सैनिक संगठन र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले मंगलबार साँझ पोखरा पृथ्वीचोकमा राँके जुलुस गर्दै गृहमन्त्री लामिछानेको राजीनामा मागेको हो ।
राप्रपाले चैत २७ गते गरेको प्रदर्शनमा भएको प्रहरी दमन र सहकारी विषयमा गृहमन्त्री राजीनमा दिनुपर्ने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए ।
राप्रपाको चैत २७ गतेको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा केही घाइते भएका थिए । जसमध्ये घाइते एकजनाको मृत्यु थियो । राप्रपाले उक्त मृतकलाई शहिद घोषणा गर्न राप्रपाले माग गरेको छ ।
सहकारीको विषयमा छानविन गर्न गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त्र गर्नुपर्ने उनको भनाइ छ । ‘सहकारीपीडितको न्यायका लागि उहाँले राजीनामा दिनुपर्छ । छानविनका लागि उहाँले मार्ग प्रशस्त्र गर्नुपर्छ ।’
सम्बन्धित खबर
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नै, नियुक्ति विरूद्धको रिट सर्वोच्चद्वारा खारेज
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग