पोखराको सेती नदीमा एक युवकको शव भेटिएको छ । शव कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. १ करूवाका २५ वर्षीय जगत पुनको भएको कास्की प्रहरीले जनाएको छ । युवक मृत भेटिँदा घाटमा कपडा फुकालेर वेपत्ता ८४ वर्षीय बृद्ध भने अझै बेखबर छन् ।
प्रहरीका अनुसार पुन वैशाख १ गते राति ८ः३० बजे घरबाट हिंडेर सम्पर्कविहीन भएका थिए । आफन्तले उनको खोजीगर्ने क्रममा सोमबार बिहान १०ः२० बजे घरभन्दा केही तल सेती नदी किनारमा उनले लगाएको चप्पल र उनको झोला भेटिएको थियो । पुनका परिवारजनले यो सूचना कास्की प्रहरीलाई जानकारी दिएका थिए ।
त्यसपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली, सशस्त्र प्रहरी बल, नेपाली सेनाको समेत रेस्क्यु टोली, स्थानीय, आफन्तजनको सहकार्यमा खोजी गरिएको थियो ।
खोजी गर्दै जाँदा सोमबार दिउँसो २ः१५ बजे सेती नदीको ढुंगामा अड्किएको अवस्थामा पुनको शव भेटिएको प्रहरीले जनाएको छ ।
उनको शव नदीबाट निकालेर पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, पाेखरा वडा नं. २९, नमर्देश्वर घाटमा कपडा खाेलेर ठूलाखोर घर भएका जिसी आइतबार साँझ करिब ५ बजेकाे समयमा बेपत्ता भएका थिए । उनको पनि खाेजी कार्य जारी रहेको छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो