पोखराको सेती नदीमा एक युवकको शव भेटिएको छ । शव कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. १ करूवाका २५ वर्षीय जगत पुनको भएको कास्की प्रहरीले जनाएको छ । युवक मृत भेटिँदा घाटमा कपडा फुकालेर वेपत्ता ८४ वर्षीय बृद्ध भने अझै बेखबर छन् ।
प्रहरीका अनुसार पुन वैशाख १ गते राति ८ः३० बजे घरबाट हिंडेर सम्पर्कविहीन भएका थिए । आफन्तले उनको खोजीगर्ने क्रममा सोमबार बिहान १०ः२० बजे घरभन्दा केही तल सेती नदी किनारमा उनले लगाएको चप्पल र उनको झोला भेटिएको थियो । पुनका परिवारजनले यो सूचना कास्की प्रहरीलाई जानकारी दिएका थिए ।
त्यसपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली, सशस्त्र प्रहरी बल, नेपाली सेनाको समेत रेस्क्यु टोली, स्थानीय, आफन्तजनको सहकार्यमा खोजी गरिएको थियो ।
खोजी गर्दै जाँदा सोमबार दिउँसो २ः१५ बजे सेती नदीको ढुंगामा अड्किएको अवस्थामा पुनको शव भेटिएको प्रहरीले जनाएको छ ।
उनको शव नदीबाट निकालेर पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, पाेखरा वडा नं. २९, नमर्देश्वर घाटमा कपडा खाेलेर ठूलाखोर घर भएका जिसी आइतबार साँझ करिब ५ बजेकाे समयमा बेपत्ता भएका थिए । उनको पनि खाेजी कार्य जारी रहेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह