प्रथम गल्याङ कप पुरुष भलिबल सुरु

प्रथम गल्याङ कप पुरुष भलिबल सुरु

आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता

galyang vb

स्याङ्जामा प्रथम गल्याङ कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सवको अवसरमा आयोजित प्रथम गल्याङ कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।

गल्याङ नगरपालिका -३ तल्लो गल्याङ स्थित खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरमा खेल प्रदर्शन गरिसकेका खेलाडी सहित १० जिल्लाको सहभागिता रहेको खेल संयोजक विशाल थापाले जानकारी दिए ।

शनिबार सकिने प्रतियोगिताको विजयी टिमले एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेता हुने टिमले एक लाख, तृतीयले ५० हजार र सान्त्वनाले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस्तै गरि विभिन्न विधा अन्तर्गत उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर, प्रशिक्षक र अनुशासित खेलाडीलाई पुरस्कार प्रदान गरिने खेल संयोजक विशाल थापाले बताए ।

भलिबल प्रतियोगिताको उद्घाटन स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले गरेका थिए । उनले धेरै युवाहरूको रुचि रहेको खेल भलिबल रहेको बताउँदै स्थानीय स्तरमा आयोजित प्रतियोगितामा देशका गहना रहेका खेलाडीहरु आएर खेल देखाउँदा स्थानीय खेलाडीहरुलाई प्रत्यक्ष खेल सिक्ने मौका मिल्ने जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ