स्याङ्जामा प्रथम गल्याङ कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सवको अवसरमा आयोजित प्रथम गल्याङ कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।
गल्याङ नगरपालिका -३ तल्लो गल्याङ स्थित खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरमा खेल प्रदर्शन गरिसकेका खेलाडी सहित १० जिल्लाको सहभागिता रहेको खेल संयोजक विशाल थापाले जानकारी दिए ।
शनिबार सकिने प्रतियोगिताको विजयी टिमले एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेता हुने टिमले एक लाख, तृतीयले ५० हजार र सान्त्वनाले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै गरि विभिन्न विधा अन्तर्गत उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर, प्रशिक्षक र अनुशासित खेलाडीलाई पुरस्कार प्रदान गरिने खेल संयोजक विशाल थापाले बताए ।
भलिबल प्रतियोगिताको उद्घाटन स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले गरेका थिए । उनले धेरै युवाहरूको रुचि रहेको खेल भलिबल रहेको बताउँदै स्थानीय स्तरमा आयोजित प्रतियोगितामा देशका गहना रहेका खेलाडीहरु आएर खेल देखाउँदा स्थानीय खेलाडीहरुलाई प्रत्यक्ष खेल सिक्ने मौका मिल्ने जनाएका छन् ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा