आगो निभाउँदा स्याङ्जाकी रेउसरीको ज्यान गयो

आगो निभाउँदा स्याङ्जाकी रेउसरीको ज्यान गयो

jalera mritu

स्याङ्जाको विरुवा गाउँपालिकामा आगो निभाउँदा एकजना महिलाको ज्यान गएको छ ।

बिरुवा गाउँपालिका -७ कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङले आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पात/पतिङ्गर जलाउने क्रममा आगो जङ्गलमा सल्कन गएको थियो ।

सोही आगो निभाउने क्रममा जलेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उक्त घटनाको आवश्यक अनुसन्धान अगाडि बढाइएको डिएसपी रानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ