पोखरामा चेकजाँचमा खटिएका प्रहरीमाथि मुक्का लात्ती प्रहार गर्ने स्कुटर चालक कारबाहीमा परेका छन् ।
मंगलबार साँझ पोखरा वडा नं. २ फिर्केपुल स्थित पोखरा बाग्लुङ सडक खण्डमा ट्राफिक प्रहरी सहितको राजमार्ग सुरक्षा संयुक्त चेकिङ ड्युटीको क्रममा बागलुङ जैमिनी १ घर भई पोखरा १० बस्दै आएका ३५ वर्षका रामबहादुर थापाले प्रहरीमाथि कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।
पर्स्याङतर्फबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग १३ प ८७२ स्कुटर लापरवाही तबरले आइरहेको देखि उक्त स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक थापाले मादक पदार्थ सेवन गरेको पाइएको र सो सम्बन्धमा ट्राफिक नियम अनुसार कारवाही गर्ने क्रममा थापा प्रहरीमाथि जाइलागेको कास्की ट्राफिक प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीका अनुसार ड्युटीमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक भिम बहादुर रानाभाट, प्रहरी हवल्दार लिलाधर सुवेदी र प्रहरी सहायक हवल्दार कश्मीर सिंह साउदसंग अनावश्यक वादविवाद गरी अभद्र व्यवहार देखाई प्रहरी कर्मचारीहरुलाई धकेला धकेल गरी प्रहरी हवल्दार लिलाधर सुवेदीलाई हात मुक्का लात्ती समेत प्रहार गरेका हुन् ।
थापालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत (अभद्र व्यवहार) शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक रेग्मीले गण्डकन्यूजलाई जानकारी दिए ।
सम्बन्धित खबर
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?