पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते

पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते

tanahu acc

तस्वीर: गोविन्द तिमिल्सेना

काठमाडौंबाट पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटनामा परेको छ । आज दिउँसो साढे २ बजेतिर भएको उक्त दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

बा०१-०२८च ०७२५ नम्बरको कार तनहुँको व्यास नगरपालिका वडा नं. १२ कमलबारीमा कार दुर्घटनामा परेको हो । कार सडकबाट ५० मिटर तल खसेको छ ।

घाइते हुनेमा काठमाडौं घर भएका २९ वर्षीया स्वेता कपाली, २९ वर्षकै आयुष्मा गिरी, ५२ वर्षकी सरिता लामा र ३३ वर्ष की सुजना कपाली छन् ।

घाइतेमध्ये गिरी र लामाको अवस्था मध्यम रहेको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक रायले जानकारी दिए । अन्यको अवस्था सामान्य रहेको र दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ