सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको मृत्यु, बेहुलासहित ५२ जना घाइते

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको मृत्यु, बेहुलासहित ५२ जना घाइते

acc

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बेहुलासहित ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे त्रिपुरासुन्दरी गाउँपालिका– ५ धारावतीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा ज्यान गुमाएका तीन जनामध्ये दुई जनाको मात्रै परिचय खुलेको छ । ज्यान गुमाउनेमा दोलखाको भिमेश्वर–१ का १७ वर्षका शिव श्रेष्ठ र ७० वर्षका मानबहादुर थामी रहेका प्रहरीले जनाएको छ । अर्का एक जना परिचय नखुलेका अन्दाजी १८÷१९ वर्षका युवक रहेका छन् ।

बेहुलासहित घाइते भएका धेरैको घटनास्थलमै प्राथमिक उपचार भएको र केहीलाई सिन्धु सदाबहार अस्पताल पठाएको जनाइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ