आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

aagalagi

दाङ । दाङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको लमही नगरपालिका–९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आफ्नै घर र कच्ची गोठमा आगलागी हुँदा घरभित्र रहेको सामान निकाल्न जाँदा जलेर बीरबहादुरको मृत्यु भएको हो ।

आगलागीबाट घर, गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै सोही ठाउँ बस्ने जित बहादुर बोटेको कच्ची घर र कच्ची गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ