स्याङ्जा भिरकोटका दुईजना अवैध लागूऔषधसहित पक्राउ

स्याङ्जा भिरकोटका दुईजना अवैध लागूऔषधसहित पक्राउ

Pakrau

स्याङ्जाको भिरकोट नगरपालिका -३ का दुईजनालाई अवैध लागूऔषधसहित पक्राउ गरिएको छ ।

पुतलीबजार नगरपालिका -११ सुम्रेखोलामा बिहीवार दिउँसो संकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा अवैध लागूऔषधसहित २२ वर्षीय शिव दर्जी र ३२ वर्षीय अनिल क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनीहरूबाट नुर्फिन १४ एम्पुल, फेनरागन १२ एम्पुल र डाईजेपाम १३ एम्पुल बरामद गरिएको हुँदा स्याङ्जा अदालतबाट १० दिनको म्याद थप गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको डिएसपी रानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ