तनहुँमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

तनहुँमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

pakrau

तनहुँमा एक युवक बुवाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

म्याग्दे गाउँपालिका–६ घर भएर हाल शुक्लागण्डकी नगरपालिका–९ घारी स्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका ७६ वर्षीय रापबहादुर बिकलाई छोरा २६ वर्षीय दिपक बिकले हत्या गरेका हुन् ।

बिहीबार दिउँसो करिब २ः१५ बजेको समयमा धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न छोरालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपकुमार रायले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ