प्रथम गल्याङ कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि पर्वत र स्याङ्जा भिड्ने भएका छन् ।
स्याङ्जाले ९ अङ्कमा ८ अङ्क र पर्वतले ६ अङ्क प्राप्त गरेसङ्गै उपाधिका लागि भिड्ने भएका हुन् । साथै नवलपुरले ९ अङ्कमा ४ अङ्क प्राप्त गर्दै २ अङ्क प्राप्त गरेको पाल्पासङ तेस्रो स्थानका निम्ति भिड्ने भएको हो ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा स्याङ्जाले नवलपुरलाई जितेसङै पर्वतसङको भेट पक्का गरेको हो ।
स्याङ्जाले नवलपुरलाई ३-१ को सेटमा २५–२७, २५–१६, २५-१६ र २५–२१ अङ्कले जीत निकालेको हो ।
गल्याङ नगरपालिका-३ तल्लो गल्याङ खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पर्वतले पाल्पालाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पर्वतले पाल्पालाई २५–१४, २५–१७ र २५–१५ अङकले पराजीत गरेको हो ।
गल्याङ उद्योग वाणिज्य संघको आयोजित तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सवको अवसरमा प्रतियोगिता गरिएको हो ।
प्रतियोगितमा प्रथमले एक लाख ५० हजार, द्धितीयले एक लाख,तृतीयले ५० हजार र सान्त्वनाले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विशाल थापाले जानकारी दिए ।
जिल्लाको सर्वाधिक राशीको प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर, प्रशिक्षक र अनुशासित खेलाडीले समेत पुरस्कार पाउने छन् ।
आइतबारसम्म चल्ने प्रतियोगतामा गण्डकीका पर्वत, नवलपुर, स्याङजा तथा लुम्बिनी प्रदेशको पाल्पाको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ