प्रथम गल्याङ कपको उपाधिका लागि पर्वत र स्याङ्जा फाइनल भिड्ने

प्रथम गल्याङ कपको उपाधिका लागि पर्वत र स्याङ्जा फाइनल भिड्ने

Syangja final

प्रथम गल्याङ कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि पर्वत र स्याङ्जा भिड्ने भएका छन् ।

स्याङ्जाले ९ अङ्कमा ८ अङ्क र पर्वतले ६ अङ्क प्राप्त गरेसङ्गै उपाधिका लागि भिड्ने भएका हुन् । साथै नवलपुरले ९ अङ्कमा ४ अङ्क प्राप्त गर्दै २ अङ्क प्राप्त गरेको पाल्पासङ तेस्रो स्थानका निम्ति भिड्ने भएको हो ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा स्याङ्जाले नवलपुरलाई जितेसङै पर्वतसङको भेट पक्का गरेको हो ।

स्याङ्जाले नवलपुरलाई ३-१ को सेटमा २५–२७, २५–१६, २५-१६ र २५–२१ अङ्कले जीत निकालेको हो ।

गल्याङ नगरपालिका-३ तल्लो गल्याङ खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पर्वतले पाल्पालाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पर्वतले पाल्पालाई २५–१४, २५–१७ र २५–१५ अङकले पराजीत गरेको हो ।

गल्याङ उद्योग वाणिज्य संघको आयोजित तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सवको अवसरमा प्रतियोगिता गरिएको हो ।

प्रतियोगितमा प्रथमले एक लाख ५० हजार, द्धितीयले एक लाख,तृतीयले ५० हजार र सान्त्वनाले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विशाल थापाले जानकारी दिए ।

जिल्लाको सर्वाधिक राशीको प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर, प्रशिक्षक र अनुशासित खेलाडीले समेत पुरस्कार पाउने छन् ।

आइतबारसम्म चल्ने प्रतियोगतामा गण्डकीका पर्वत, नवलपुर, स्याङजा तथा लुम्बिनी प्रदेशको पाल्पाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

भर्खरै

ट्रेन्डिङ