पोखरा । देशका केही स्थानमा आज आइतबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
अहिले सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आइतबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
यस्तै, राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ। मधेस र कोशी प्रदेशको तराई भुभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्दै भनाई फिर्ता लिनुपर्छ : निश्कल राई
प्रधानमन्त्रीप्रति हर्कको कटाक्ष- सभामुखले बोलाउँदा आउनुहुन्न, बोकेर ल्याउने चलन छैन
सुधनमाथि छानबिनको झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो: गगन
मन्त्रिपरिषद् पूर्णता दिँदै प्रधानमन्त्री बालेन, गृहमा सुधन फर्काउँदै, नवप्रवर्तनमा महावीर पुन
बिवाईडीको कर प्रकरणमा एमालेको दाबी- ठोकेर भन्न सक्छौँ, घोटाला भएको छ
बालेनका कारण रवि रक्षात्मक, भन्छन्: प्रधानमन्त्री बोल्नु हुन्न, परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु