आज महावीर जयन्ती मनाइँदै

आज महावीर जयन्ती मनाइँदै

mahabir-jayanti

पोखरा । आज २६२३ औं महावीर जयन्ती । नेपालसहित विश्वभरका जैन धर्मावलम्वीले आज हर्षोल्लासपूर्वक जयन्ती मनाउँदैछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ ।

हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीको दिन महावीर जयन्ती मनाउने गरिन्छ । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । उनीहरुले महावीरलाई भगवानको रुपमा पुज्ने गर्दछन् ।

करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए ।

महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ