प्रथम गल्याङ कपको उपाधि स्याङ्जाले जितेको छ । गल्याङ उद्योग वाणिज्य संघको आयोजित तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सवको अवसरमा आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको गरिएको थियो ।
स्याङ्जाले पर्वतलाई ३-२ को सेटमा २५-१८, १८–२५, २१-२५, २५-१४ र १५–९ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेसङ्गै स्याङ्जाले एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता पर्वतले भने ट्रफी, मेडल र प्रमाणपत्रसहित एक लाख रुपैयाँमा चित्त बुझाएको हो ।
गल्याङ नगरपालिका-३ तल्लो गल्याङ खेलमैदानमा भएको उक्त प्रतियोगितामा पाल्पाले नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै तृतीय भएको हो । पाल्पाले नवलपुरलाई २५–२२, २५–२०, २०-२५ र २५–२२ अङकले पराजीत गरेको हो ।
प्रतियोगितामा तृतीय भएको पाल्पाले ५० हजार र सान्त्वना नवलपुरले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी सन्जु बिक्रम शाह(स्याङ्जा), उत्कृष्ट स्पाइकर विष्णु क्षेत्री(पर्वत), उत्कृष्ट सेटर सुवास कुवँर(पर्वत), उत्कृष्ट ब्लकर उमेश सेन्चुरी(स्याङ्जा), उत्कृष्ट कुईकर रुपेन्द्र गैर्हे(पर्वत), उत्कृष्ट सर्भर सुदिप राना(स्याङ्जा), उत्कृष्ट प्रशिक्षक अमृत केसी(स्याङ्जा), बेस्ट लिब्रो राजन दर्लामी मगर(स्याङ्जा) र अनुशासित खेलाडी हिरा सुर्यवंशी(पाल्पा)लाई ट्रफी सहित पुरस्कृत गरिएको खेल संयोजक विशाल थापाले बताए ।
तेस्रो गल्याङ कप पुरुष भलिबल प्रतियोगतामा गण्डकीका पर्वत, नवलपुर, स्याङजा तथा लुम्बिनी प्रदेशको पाल्पाको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिता डबल लिग अनुसार खेलाइएको थियो ।
सम्बन्धित खबर
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन्ः प्रदेश प्रमुख भट्ट
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
स्याङ्जामा चुनावी अभियानमा बालबालिकाको प्रयोग नगर्न अपिल
स्याङ्जाबाट ट्याक्सीमा सवार चार जना लागूऔषधसहित पक्राउ
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु