प्रथम गल्याङ कपको उपाधि स्याङ्जालाई

प्रथम गल्याङ कपको उपाधि स्याङ्जालाई

Galyang Vb Cup

प्रथम गल्याङ कपको उपाधि स्याङ्जाले जितेको छ । गल्याङ उद्योग वाणिज्य संघको आयोजित तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सवको अवसरमा आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको गरिएको थियो ।

स्याङ्जाले पर्वतलाई ३-२ को सेटमा २५-१८, १८–२५, २१-२५, २५-१४ र १५–९ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेसङ्गै स्याङ्जाले एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता पर्वतले भने ट्रफी, मेडल र प्रमाणपत्रसहित एक लाख रुपैयाँमा चित्त बुझाएको हो ।

गल्याङ नगरपालिका-३ तल्लो गल्याङ खेलमैदानमा भएको उक्त प्रतियोगितामा पाल्पाले नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै तृतीय भएको हो । पाल्पाले नवलपुरलाई २५–२२, २५–२०, २०-२५ र २५–२२ अङकले पराजीत गरेको हो ।

प्रतियोगितामा तृतीय भएको पाल्पाले ५० हजार र सान्त्वना नवलपुरले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी सन्जु बिक्रम शाह(स्याङ्जा), उत्कृष्ट स्पाइकर विष्णु क्षेत्री(पर्वत), उत्कृष्ट सेटर सुवास कुवँर(पर्वत), उत्कृष्ट ब्लकर उमेश सेन्चुरी(स्याङ्जा), उत्कृष्ट कुईकर रुपेन्द्र गैर्हे(पर्वत), उत्कृष्ट सर्भर सुदिप राना(स्याङ्जा), उत्कृष्ट प्रशिक्षक अमृत केसी(स्याङ्जा), बेस्ट लिब्रो राजन दर्लामी मगर(स्याङ्जा) र अनुशासित खेलाडी हिरा सुर्यवंशी(पाल्पा)लाई ट्रफी सहित पुरस्कृत गरिएको खेल संयोजक विशाल थापाले बताए ।

तेस्रो गल्याङ कप पुरुष भलिबल प्रतियोगतामा गण्डकीका पर्वत, नवलपुर, स्याङजा तथा लुम्बिनी प्रदेशको पाल्पाको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिता डबल लिग अनुसार खेलाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ