पोखराको बसपार्क ट्याक्सी सेवा केन्द्रबाट सञ्चालित एक ट्याक्सी चालकले ३ हजार रुपैयाँ इमान स्वरुप पैसा पाएका छन् ।
बसपार्क ट्याक्सी सेवा केन्द्रबाट सञ्चालित ग १ ज ३३८१ नम्बरको ट्याक्सी चालक वुद्धिबहादुर नेपालीले छुटेको पैसा फिर्ता दिँदा इमान स्वरुप ३ हजार रुपैयाँ पाएका हुन् ।
सोही ट्याक्सीमार्फत बसपार्कबाट छोरेपाटन जानेक्रममा शिवराज न्यौपानेको २६ हजार ३ सय रुपैयाँ पैसा र मोबाइल छुटेको थियो । उनले ट्याक्सीमा पैसा र मोबाइल छुटेको पत्तो पाएनन् । तर, पछि खोज्दै जाँदा ट्याक्सी चाकलले इमान्दारिका साथ फिर्ता गरिदिएपछि ३ हजार रुपैयाँ इमान्दारिताको सम्मान गर्दै प्रदान गरेका हुन् ।
१७ लाख फिर्ता दिनेलाई केही दिएनन् ? भन्दै चर्को प्रश्न
ईमान्दारले अरुको आशा गर्दैनन् । तर, ईनाम दिएर ईमान्दारिताको कदर गर्न सके समाजमा अरुलाई प्रेरणा मिल्छ ।
गत विहीबार पोखरामा बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारी सम्बन्धित धनीलाई बुझाइएको थियो । रकम धनी पोखरा पृथ्वीचोक स्थित माता श्री ज्वेलर्सका सञ्चालक पोखरा ५ निवासी ४३ वर्षीय ध्रुब कुमार सुनारले १७ लाख पाएपछि फिर्ता गर्ने छोटुलाल शर्मालाई केहि ईनाम दिएनन् ? भन्दै चर्को प्रतिक्रिया आइरहेका छन् ।

उक्त ज्वेलर्समा काम गर्ने ४३ वर्षीय कालिगढ मनोहर पवँरले नयाँबजार स्थित कृषि विकास बैंकमा जम्मा गर्न भन्दै कालो रंगको झोला मोटरसाइकलको लेगगार्डमा बाँधेर लगेका थिए। तर, मोटरसाइकल पार्किङमा राखेर झोला हेर्दा नदेखेपछि घटनाको खबर ज्वेलर्स संचालक हुँदै प्रहरीसम्म पुगेको थियो।

अनुसन्धान तथा खोजतलासका क्रममा उक्त झोला भारत घर भएर हाल पोखरा -३ पालिखेचोक बस्ने ६५ वर्षीय छोटुलाल शर्माले फेला पारेको भन्ने जानकारी प्राप्त भएको थियो। बाइकबाट खसेको झोला छोटुलालले पाएपछि हात हल्लाएर बाइक रोक्न खोजेको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । यसले ईमान्दारिता देखिएको डीएसपी बसन्त शर्माले आइतबार आयोजित पत्रकार सम्मेलनमा पनि बताए ।
उनले भने – ‘१७ लाख फिर्ता पाएपछि ईनाम दिए वा दिएनन् ? हाम्रो कुरा भएन । हामीले हराएको रकम फेला पारेर सम्बन्धितकहाँ बुझाउने हो । सफल भयौँ ,गर्नुपर्ने यही हो ।’
यसअघि प्रहरीबाट मिडियालाई प्रेषित सूचनामा रकम लिने छोटुलाललाई फेला पारेर रकम फिर्ता गरेको भन्ने आशय रहेकोमा पत्रकारहरूले छोटुलाललाई अप्रत्यक्ष हिसाबमा दोषी किटान गरी प्रहरीले मात्र जस लिने काम गरेकोमा प्रहरीको ध्यानाकर्षण गराए । यसबारे डीएसपी शर्माले थपे – ‘फेला पार्नेले ईमान्दारिता देखाए, हामीले सक्रियता देखायौँ ।’
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह