पोखराको बसपार्क ट्याक्सी सेवा केन्द्रबाट सञ्चालित एक ट्याक्सी चालकले ३ हजार रुपैयाँ इमान स्वरुप पैसा पाएका छन् ।
बसपार्क ट्याक्सी सेवा केन्द्रबाट सञ्चालित ग १ ज ३३८१ नम्बरको ट्याक्सी चालक वुद्धिबहादुर नेपालीले छुटेको पैसा फिर्ता दिँदा इमान स्वरुप ३ हजार रुपैयाँ पाएका हुन् ।
सोही ट्याक्सीमार्फत बसपार्कबाट छोरेपाटन जानेक्रममा शिवराज न्यौपानेको २६ हजार ३ सय रुपैयाँ पैसा र मोबाइल छुटेको थियो । उनले ट्याक्सीमा पैसा र मोबाइल छुटेको पत्तो पाएनन् । तर, पछि खोज्दै जाँदा ट्याक्सी चाकलले इमान्दारिका साथ फिर्ता गरिदिएपछि ३ हजार रुपैयाँ इमान्दारिताको सम्मान गर्दै प्रदान गरेका हुन् ।
१७ लाख फिर्ता दिनेलाई केही दिएनन् ? भन्दै चर्को प्रश्न
ईमान्दारले अरुको आशा गर्दैनन् । तर, ईनाम दिएर ईमान्दारिताको कदर गर्न सके समाजमा अरुलाई प्रेरणा मिल्छ ।
गत विहीबार पोखरामा बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारी सम्बन्धित धनीलाई बुझाइएको थियो । रकम धनी पोखरा पृथ्वीचोक स्थित माता श्री ज्वेलर्सका सञ्चालक पोखरा ५ निवासी ४३ वर्षीय ध्रुब कुमार सुनारले १७ लाख पाएपछि फिर्ता गर्ने छोटुलाल शर्मालाई केहि ईनाम दिएनन् ? भन्दै चर्को प्रतिक्रिया आइरहेका छन् ।

उक्त ज्वेलर्समा काम गर्ने ४३ वर्षीय कालिगढ मनोहर पवँरले नयाँबजार स्थित कृषि विकास बैंकमा जम्मा गर्न भन्दै कालो रंगको झोला मोटरसाइकलको लेगगार्डमा बाँधेर लगेका थिए। तर, मोटरसाइकल पार्किङमा राखेर झोला हेर्दा नदेखेपछि घटनाको खबर ज्वेलर्स संचालक हुँदै प्रहरीसम्म पुगेको थियो।

अनुसन्धान तथा खोजतलासका क्रममा उक्त झोला भारत घर भएर हाल पोखरा -३ पालिखेचोक बस्ने ६५ वर्षीय छोटुलाल शर्माले फेला पारेको भन्ने जानकारी प्राप्त भएको थियो। बाइकबाट खसेको झोला छोटुलालले पाएपछि हात हल्लाएर बाइक रोक्न खोजेको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । यसले ईमान्दारिता देखिएको डीएसपी बसन्त शर्माले आइतबार आयोजित पत्रकार सम्मेलनमा पनि बताए ।
उनले भने – ‘१७ लाख फिर्ता पाएपछि ईनाम दिए वा दिएनन् ? हाम्रो कुरा भएन । हामीले हराएको रकम फेला पारेर सम्बन्धितकहाँ बुझाउने हो । सफल भयौँ ,गर्नुपर्ने यही हो ।’
यसअघि प्रहरीबाट मिडियालाई प्रेषित सूचनामा रकम लिने छोटुलाललाई फेला पारेर रकम फिर्ता गरेको भन्ने आशय रहेकोमा पत्रकारहरूले छोटुलाललाई अप्रत्यक्ष हिसाबमा दोषी किटान गरी प्रहरीले मात्र जस लिने काम गरेकोमा प्रहरीको ध्यानाकर्षण गराए । यसबारे डीएसपी शर्माले थपे – ‘फेला पार्नेले ईमान्दारिता देखाए, हामीले सक्रियता देखायौँ ।’
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो