गोरखा। गोरखामा मलद्वार भित्र अड्किएको बोतल शल्यक्रिया गरेर निकालिएको छ।
गोरखा नगरपालिका वडा नं -३ नारेश्वरका ५७ वर्षीय पुरूषको विगत एक महिनादेखि अड्किएको किटनाशक औषधिको बोतल शल्यक्रिया गरेर निकालिएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार एक महिनादेखि मलद्वारमा बोतल बोकेर हिंडेका उनलाई स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि आज बिहान गोरखा अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो ।

एक्सरे गरेर हेर्दा ठूलो आन्द्रा अवरुद्ध भएर अड्किएको अवस्थामा बोतल देखिएपछि तत्काल दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा संक्रमण नफैलिएको पत्ता लागेपछि अप्रेसन गरिएको थियो।
अप्रेसनका लागि अस्पतालका सर्जनद्वय डा. जितेन्द्र कुमार सिंह, डा. विश्वराज खड्का, एनेस्थेसियोलोजिष्ट डा.शम्भु अधिकारी लगायतका टिमले करिब तीन घन्टाको शल्यक्रिया पश्चात् बिरामिको मलद्वारबाट १०×७.५ सेमीको डब्बा निकाल्न सफल भएको हो।
अचेत अवस्थामा भर्ना भएका उनको शल्यक्रिया पश्चात होस् आएको र उनलाई आइसीयुमा राखेर उपचार गरिएको अस्पताललाई उद्दृत गर्दै निर्देशनालयले जनाएको छ।
यद्यपी, बोतल मलद्वारमा कसरी अड्कियो भन्ने बारे केही खुलाइएको छैन।
तस्बिर : स्वास्थ्य निर्देशनालय, गण्डकी
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा