पोखरामा अत्याधिक कालो धुँवा फाल्ने एक बस ट्राफिक कारबाहीमा

पोखरामा अत्याधिक कालो धुँवा फाल्ने एक बस ट्राफिक कारबाहीमा

kalo dhuwa

पोखरामा पूराना माइक्रोबसले अत्यधिक कालो धुँवा फाल्दा शहर कुरुप मात्र भएको छैन, प्रदुषणका कारण अन्य सवारी चालकले सडक समेत देख्दैनन् ।

अत्याधिक कालो धुवाँ निकालेर सडक ढाक्ने सवारीलाई कारबाही गर्न नागरिकले ध्यानाकर्षण गराइरहेका छन् ।

ट्राफिक प्रहरीले कारबाहीको सुरूवात गरेको छ । वायु प्रदुषण गराउने पोखरा नगरक्षेत्र भित्र संचालित ग१ख ८१२४ नम्बरको नगरबसलाई पोखरा ०४ बिपिचोकबाट आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी कास्कीले जनाएको छ ।

ट्राफिक प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार आज एउटा बसलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ