आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

badali_mausam_ktm

पोखरा । देशका केही स्थानमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले देशका पहाडि भु-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मुख्यतया सफा रहेको छ।

मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई देशका बाँकी क्षेत्रमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

यस्तै, राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ