बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

mrita fela

हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ ।

रोडिकोट स्वास्थ्य चौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति साढे १२ बजेतिर मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको डेढ घण्टापछि मृत्यु भएको हो ।

मृतक देवकोटालाई गएको शुक्रवारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजेमात्रै स्वास्थ्य चौकी पुर्‍याउँदा समस्या उत्पन्न भएको स्वास्थ्य चौकीका इन्चार्ज टिका बोहराले बताए । इन्चार्ज बोहराका अनुसार आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी बेथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्य चौकीमा ल्याउँदा समस्या भएको हो ।

रोडिकोट स्वास्थ्य चौकीमा कार्यरत अनमीलगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको साढे १० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको ज्यान गएको इन्चार्ज बोहराले बताए । मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनले बताए । गाउँपालिकाको स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उनको भनाइ छ ।

जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको बोहराले बताए ।

देवकोटाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन् । दुर्गम हुम्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ