पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ

पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ

chor

पोखरा। पोखराको नयाँ बजारस्थित दराज अनलाइनको भवनबाट नगद चोरी गर्ने तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -८ नयाँ बजारमा रहेको दराज अनलाइनको डेलिभरी कार्यालय रहेको भवनको शौचालयको सिसा फोडेर नगद चोरी गर्ने तीन जनालाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा -१५ टुटुङ्गा बस्ने २९ वर्षीय अर्जुन परियार, पोखरा -१० रंगशाला बस्ने २७ वर्षीय विकास अधिकारी र धादिङ जिल्ला घर भइ हाल पोखरा २ नालामुख बस्ने २९ वर्षका लोकेन्द्र बहादुर इटनी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत चैत्र २४ गते राति उनीहरुले दराज अनलाइनको पोखरा कार्यालयको भवनको शौचालयको सिसा फोडेर लकरमा राखिएको नगद ५ लाख बयासी हजार, मोवाइल १ थान, झोला लगायतका सामान चोरेका थिए।

घटनाबारे थाहा भएपछि वडा कार्यालय वैदामले गरेको अनुसन्धान तथा खोजतलासका क्रममा सोमबार पोखरा -५ पर्स्याङबाट उनीहरूलाई पैसा राखिएको लकर र झोलासहित पक्राउ गरिएको हो।

हाल उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ