कालीगण्डकीमा बेपत्ता दिदीबहिनीको शव फेला

कालीगण्डकीमा बेपत्ता दिदीबहिनीको शव फेला

death body

नवलपुर । कालीगण्डकी नदीमा बेपत्ता भएका दिदीबहिनीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार शनिबार साँझदेखि बेपत्ता भएकी बौदीकाली ३ निवासी रेवत सारुमगरकी १४ वर्षीया छोरी नरिना र १७ वर्षीया लक्ष्मी बौदीकाली गाउँपालिकास्थित कालीगण्डकी नदी र बौदीकाली खोलाको दोभानमा मृत फेला परेकी हुन् ।

धारामा कपडा धोएपछि नुहाउन भन्दै दुईजना मात्र गण्डकीमा गएका थिए । प्रहरीका अनुसार गण्डकीमा नुहाउन जाँदा भुमरीमा परेर बेपत्ता भएका थिए ।

घर नजिकै धारामा नुहाउन गएका दिदीबहिनी राति अबेरसम्म नफर्किएपछि स्थानीय र प्रहरीले खोजी सुरू गरेका थिए । दिदी लक्ष्मी सारू आइतबार कालीगण्डकी किनारमा डुबेको अवस्थामा मृत फेला परेकी थिइन् । बहिनी भने बेपत्ता थिइन् । उनी मंगलबार फेला परेकी हुन् । शव पोस्टमार्टमका लागि पाल्पास्थित रामपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ