महोत्तरीको मटिहानीमा भीषण आगलागी, १५० भन्दा बढी घरगोठ जले

महोत्तरीको मटिहानीमा भीषण आगलागी, १५० भन्दा बढी घरगोठ जले

Aaglagi Ghar Jalyo

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका – ६ मा भीषण आगलागी भएको छ ।

मदरसा टोलमा आज दिउँसो १२ बजेदेखि सुरु भएको आगलागीबाट अहिलेसम्म फुस, खर, पराल र केही पक्की गरी एक सय ५० वटाभन्दा बढी घरगोठ जलेर नष्ट भएको छ ।

आगलागीमा अहिलेसम्म मानवीय क्षति भएको छैन तर पशुचौपाया, अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अहिले नगरपालिकासहित छिमेकी पालिकाका दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन् । दिउँसो खाना बनाउने समयमा जरलहवा गाछीमा आगलागी भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ