पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ

पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ

Screenshot_1

पोखरा। कास्की प्रहरीले अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -२४ बाँस्कोट स्थित खटिएको प्रहरीको टोलिले अवैध हतियारसहित पोखरा -१८ जामुनेबोट बस्ने ३८ वर्षीय राजु न्याकेट भनिने नर बहादुर विकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले लुकाई छिपाई राखेको हतियार ९ एम.एम अटो पेस्तोल र पेस्तोलमा लाग्ने १ राउण्ड गोली लगायत नगद र जिन्सी समान सहित उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट बा.प्र.०२.-०३३ प १६३३ नं. को मोटरसाइकल, नगद १६ हजार र मोवाइल एक थान समेत वरामद गरेको छ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds