कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद

कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद

aftab-alam

काठमाडौँ । कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताव आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले जन्मकैद सजाय फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले हिजो अफतावसहित उनका भाइ महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला सुनाएको हो ।

पहिलो संविधानसभा चुनावको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति राजपुरको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलमसहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो ।

त्यही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए । थुनछेक बहसपछि ०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसयता उनी नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

यही घटनामा संलग्न भनिएका मुक्ति साहलाई भने सफाइ दिएको र फरार रहेका अरु छ जनाको मुद्दा मुल्तबीमा राखिएको जिल्ला अदालत रौतहटले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ