घरको छतबाट खसेर एक जनाको मृत्यु

घरको छतबाट खसेर एक जनाको मृत्यु

death body

सर्लाही । सर्लाहीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान मलङ्गवा नगरपालिका–१०, घर भएका ४५ वर्षीय सन्तोष राउतको छतबाट खसेर मृत्यु भएको हो ।

मलङ्गवा बसपार्कमा लामो समयदेखि खाजा पसल सञ्चालन गर्दै आएका सन्तोष मलङ्गवा–९, का दिनेश राउतको घरमा डेरा गरेर बस्दै आएका थिए ।

बिहान १ः४५ बजेतिर घरको छतबाट खसेर घाइते भएका सन्तोषलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ