कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ

कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ

Hatyaa

सांकेतिक तस्विर

प्युठान। कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एकै गाउँका ५ जना महिलालाई १७ वर्षपछि पक्राउ गरेको छ।

जिल्लाको सरूमारानी गाउँपालिका -४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले घटना घटेको १७ वर्षपछि पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन् ।

घटना अनुसार बुढाथोकीले अवैध सम्बन्धबाट छोरा जन्माएको विषयमा विवाद हुँदा उल्लेखित महिला बाहेक हिमी कुमारी राना समेतले २०६३ असोज ९ गते गम्भीर घाइते हुनेगरी कुटपिट गरेका थिए। घाइते हरिकलालाई तत्कालीन बुटवल अञ्चल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पाँचै जना प्रतिवादी महिलालाई जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै घटनामा संलग्न अभियुक्तमध्ये हिमी कुमारी रानाको मृत्यु भइसकेको खुल्न आएको छ ।

हाल कर्तव्य ज्यान मुद्दाका ५ जना महिला प्रतिवादीहरूलाई फैसला कार्यान्वयको लागि जिल्ला अदालत प्युठानमा पठाएइको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ