आजदेखि सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

आजदेखि सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

Hattipaile

पोखरा । सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै छ ।

‘आम औषधि सेवन अभियान’ अन्तर्गत हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

दुई सातासम्म चल्ने अभियानमा सात जिल्लाका १०१ पालिकाका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य छ ।

दुई वर्षभन्दा माथिको उमेरका सबैलाई औषधि खुवाइने छ । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले भने हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट
बयरघारी रमाइलो मेला हुने
महेन्द्रपुल यु २३ बास्केटबल सुरु
बदली र वर्षाको सम्भावना

ट्रेन्डिङ