सगरमाथा बेस क्याम्प जाने क्रममा इन्डोनेसियाली महिलाको मृत्यु

सगरमाथा बेस क्याम्प जाने क्रममा इन्डोनेसियाली महिलाको मृत्यु

death body

सोलुखुम्ब । सोलुखुम्बुमा सगरमाथा बेस क्याम्प जाने क्रममा एक विदेशी महिलाको मृत्यु भएको छ।

खुम्बुपासाङल्हामु गाउँपालिका– ४ सनासामा ३६ वर्षीया इन्डोनेसियाली नागरिक मारिस्टारिता सिनागाको सगरमाथा बेस क्याम्प जाने क्रममा मृत्यु भएको हो।

यही वैशाख १५ गते होटलमा आई बसेकी उनी १६ गते बिहान होटलमा अचेत अवस्थामा फेला परेकी थिइन्।

घटनाबारे जानकारी पाएको प्रहरीले तत्काल उनलाई उपचारको लागि होमगिल सामुदायिक अस्पताल नाम्चे लगेको थियो। तर उनको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो।

घटनाबारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds