पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ

पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ

arrets

पोखरा। परिक्षाको प्रश्नपत्र आउट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -११ फूलबारी स्थित शिवशक्ति माविमा संचालन भइरहेको कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सोमबार बिहान अन्दाजी ९ बजे कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरीबाट खटिएको प्रहरीको टोलीले प्रश्नपत्र आउट गर्ने पोखरा -११ फूलबारी बस्ने ३९ वर्षीय नारायण वास्तोला र सोही ठेगाना भएका ३७ वर्षीय रामचन्द्र वास्तोलालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान र मोवाइल ३ वटा वरामद गरेको छ। भने, उनीहरूलाई शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा जिल्ला अदालतबाट अनुमति लिएर आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds