गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गाद्वारा पदभार ग्रहण

गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गाद्वारा पदभार ग्रहण

dig durga

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले पदभार ग्रहण गरेकी छन् ।

पदभार ग्रहणसँगै गण्डकी प्रदेश प्रहरी कार्यालयको सम्पूर्ण शाखाहरुको स्थलगत निरिक्षण पनि गरिन् ।

प्रहरी नायव महानिरीक्षक सिंहलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गरेका थिए ।

स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु र उपस्थित कार्यालय प्रमुखहरूलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न संगठनको मूल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशन दिइन् ।

गण्डकी प्रहरीले प्रथम पटक महिला नेतृत्व पाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds