इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

suhang-nemwang

इलाम । इलाम क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका छन् ।

२७ हजार ७७२ मत पाएका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पाँच हजार ८३० मतान्तरले हराएका हुन् ।

खड्काले २१ हजार ९४२ मत पाएका छन् ।

तेस्रो स्थानमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत पाएर चौथो स्थानमा आएका छन् ।

उपनिर्वाचनको परिणामसँगै अब प्रतिनिधिसभामा युवा नेता सुहाङले प्रवेश हुने भएको छ ।

२०८० साल भदौ २७ मा संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा बैशाख १५ गते उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds